कफ सिरप र नशालू ट्याबलेटसितै एक पक्राउ

IMG-20230528-WA0320-5-300x172-9

अलिपुरद्वारः मदारीहाट थानाको पुलिसले गए सोमवार अबेर राती अभियान चलाएर भारी मात्रामा प्रतिबन्धित कफ सिरप र नशालू ट्याबलेट सहित एक आरोपीलाई पक्राउ गरेको छ। पुलिसको फन्दामा परेका ओरापीको नाम इमरान अली हो जो शिशुबाड़ी संलग्न मध्य रङ्गलीबजनाका वासिन्दा हुन्।

मदारीहाट थाना प्रभारी मिङ्गमा शेर्पाले मङ्गलवार पत्रकार सम्मेलन आयोजना गरी बताए, बितेको राती प्रतिबन्धित कफ सिरपको १७ बोतल र ९६० नशालू ट्याबलेट जफत गरियो। साथै एकजना आरोपीलाई पनि पक्राउ गरिएको छ। उनले बताए, आरोपीविरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरी अघिल्लो कारबाही शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement