महात्मा गान्धीको पुण्यतिथिमा ममताले अर्पण गरिन् श्रद्धाञ्जलि

Capture2-18.png

कोलकाताः महात्मा गान्धीको पुण्यतिथिको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले श्रद्धाञ्जलि अर्पण गरेकी छन्। उनले मङ्गलवार माइक्रो ब्लगिङ्ग साइट एक्समा आफ्नो आधिकारिक ट्विटर ह्याण्डलको माध्यमबाट बापुको तस्वीरसितै आफ्नो तस्वीर पोस्ट गरिन्। यसमा उनले लेखिन्, आज महात्मा गान्धीको पुण्यतिथिको अवसरमा उनलाई सम्मानपूर्वक स्मरण गरिरहेकी छु।

उल्लेखनीय छ, महात्मा गान्धीको जन्म २ अक्टोबर १८६९-मा गुजरातको पोरबन्दरमा भएको थियो। देशको स्वतन्त्रता पश्चात कथित रूपमा मुस्लिम समुदायलाई अधिक सुविधाहरू दिएको कारण असन्तुष्ट नाथुराम गोडसेले राष्ट्रपिता महात्मा गान्धीको ३० जनवरी, १९४८-मा गोली ठोकी हत्या गरेका थिए।

नाथुराम गोडसेले दिल्लीको बिड़ला हाउसमा प्रार्थना सभाको निम्ति गइरहेको समयमा महात्मा गान्धीमाथि गोली चलाएका थिए। महात्मा गान्धी त्यसबेला ७८ वर्ष पुगेका थिए। हरेक वर्ष ३० जनवरीमा उनको पुण्यतिथि मनाइन्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement