मन्त्री सोनाम लामाले गरे सिङताममा आगलगी स्थानको निरीक्षण

IMG-20240130-WA0229.jpg

गान्तोक: राज्यका ग्रामीण प्रबन्धन विकास विभाग मन्त्री सोनम लामाले आज सिङतामको आगलगीको घटनाबारे विस्तृतरूपमा जानकारी लिन सिङताम पुगे। घटनास्थलको निरीक्षण गर्दै आगलगीको घटनाले पुऱ्याएको क्षयक्षतिबारे पनि जानकारी लिए। मन्त्री लामाले पीढित परिवारहरूसँग अन्तक्रिया गर्दै सरकारको तर्फबाट पीढित परिवारलाई क्षतिपुर्ति प्रदान गरिने आश्वासन पनि दिएका छन्। मन्त्रीले पीढित परिवारलाई सामान्य जिवनशैलीमा फर्काउनको निम्ति सहयोग गर्ने बचन पनि दिएका छन्। निरीक्षणको क्रममा मन्त्री लामासँग सिङताम नगर पञ्चायत अध्यक्ष सुरेश लामा, चिफ मेडिकल अधिकारी डा. टेम्पो ग्याल्छेन लगायत अन्य अधिकारीहरू पनि साथमा रहेका थिए। यस अघि नै जिल्ला आपदा प्रबन्धन प्राधिकरणको टोली घटनास्थलमा पुगेर क्षयक्षतिबारे विवरण लिएको र एसडीआरएफको नियम अनुसार क्षतिपुर्ति प्रदान गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement