कोलकाताः लोकसभा चुनाउपूर्व देशमा नागरिकता संशोधन अधिनियम (सीएए)-माथि फेरि एकपटक बहस तीव्र भएको छ। केन्द्रियमन्त्री शान्तनु ठाकुरपछि अब वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले पनि चाँड़ोभन्दा चाँड़ो सीएए लागू हुने भविष्यवाणी गरेका छन्। उनले भनेका छन्, आगामी मार्च महिनामा आदर्श आचार संहिता लागू हुनेछ, किनभने लोकसभा चुनाउ नजिकै छ। त्योभन्दा पहिला आगामी फरवरी महिनामै नागरिकता अधिनियममाथि अन्तिम फसेला हुनेछ। चाँड़ै नै केन्द्रिय गृह मन्त्रालयद्वारा यस सम्बन्धमा अधिसूचना जारी गरिनेछ।
उल्लेखनीय छ, गत आइतवार पश्चिम बंगालको उत्तर २४ परगनामा बङ्गलादेशी शरणार्थी “मतुआ” समुदाय बहुल क्षेत्र बनगाउँमा आयोजित जनसभामा भाजपा सांसद शान्तनु ठाकुरले भनेका थिए, एक हप्ताभित्रमा बंगाल सहित सम्पूर्ण देशमा सीएए लागू हुनेछ। यसपूर्व गृहमन्त्री अमित शाहले गत नोभेम्बर महिनाको अऩ्तिम सातामा आफ्नो बंगाल भ्रमण अवधि सीएए चाँड़ै लागू हुने घोषणा गरेका थिए। यद्यपि मुख्यमन्त्री ममता ब्यनर्जीले भनेकी छन्, भाजपा नेताहरूले केवल राजनीतिको लागि यसप्रकारका कुराहरू गरिरहेका छन्।
उल्लेख्य, यस अधिनियमको माध्यमबाट बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानबाट आएका गैर-मुस्लिम समुदायका सबै मानिसहरूलाई नागरिकता दिइनेछ।
-हिस