दार्जीलिङ: भारतीय जनता पार्टीले आफ्नो वचन पूरा गरे हामी सित्थैमा चुनाव प्रचार प्रसार गरी दिनेछौं भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। यस विषयमा तिनले भने, भाजपा गठबन्धन दलको एक घटक दलको नेतृत्वहरूले भारतीय जनता पार्टीले पहाड तराई डुवर्सको दीर्घकालीन समस्यालाई स्थायी राजनैतिक समाधान गर्ने अनि गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जन जातिमा सामेल गर्ने लिखित वाचाहरू गरेका थिए। यी दुई मुद्वाहरूमध्ये एउटा मुद्दा अवश्यै फत्ते हुनेछ भन्ने जस्ता दावीहरू गर्दै आईरहेको छ। तर भाजपाले आफ्नो संकल्प पत्रमा तीनवटा मुद्दाहरूको उल्लेख गरेको छ जसमा चिया श्रमिकहरूको मिनिमम वेजेस पनि एउटा रहेको छ। केन्द्रमा भाजपा गठबन्धन दलको पूर्ण बहुमतको सरकार छ। उनीहरूले चाहेको खण्डमा यी तीनवटा मुद्दाहरू चुट्कीमा फत्ते गर्न सक्छ। तर यी तीनवटा मुद्दाहरूमध्ये एउटा पनि भाजपाले पूरा गरेको खण्डमा अब हुने चुनावमा हामीलाई बुथ खर्च दिनु पर्दैन। हामी हाम्रो खर्चमा भाजपाको पक्षमा चुनाव प्रचार प्रसार गर्नेछौं।’
उनले अघि भने, भारतीय जनता पार्टीलाई १५ वर्ष समय दिई सकेका छौं। तर आजसम्म भारतीय जनता पार्टीले गोर्खाहरूको पक्षमा एउटै पनि सुकार्यहरू गरेको छैन। फरवरी महिनामा संसदीय अन्तरिम बजेट सेशन हुन जाँदैछ। नौ दिवसीय संसदीय अधिवेशनमा केन्द्रको भाजपा सरकारले गोर्खाहरूसँग गरेको तीनवटा वाचाहरूमध्ये एउटै पनि पूरा गरेको खण्डमा हामी भाजपासंग आभारी रहने छौं अनि भाजपाको पक्षमा चुनाव प्रचार प्रसार गर्नेछौं।’
तिनले अझ, भने भाजपालाई हामीले १४ वर्षको लामो समय दिई सक्दा पनि गोर्खाहरूलाई कुनै न्याय नदिन्दा हाम्रो पार्टी कंग्रेसको भारत छोडो न्याय यात्रामा सामेल भएको हो।मणिपुर साथै उतर पूर्वी राज्यहरूको स्थिति भयानक रहेको छ अनि त्यस्तो अवस्थामा पनि कंग्रेस अनि कंग्रेसको शीर्ष नेतृत्वहरू उनीहरूको पक्षमा खडा भएको छ। तर २०१७ को आन्दोलनमा दार्जीलिङ पार्वतीय क्षेत्रहरूमा बंगाल सरकारले गोर्खाहरूलाई गोली ठोक्दा भाजपाको नेतृत्वहरू सोध्न समेत आएनन् कति दु:ख लाग्दो विषय हो।’
अध्यक्ष एडवर्डले अझ भने, भारतीय जनता पार्टीले गोर्खाहरूलाई वास्ता समेत गरेको छैन, हामी गोर्खाहरूलाई राजनैतिक सम्मान समेत दिएको छैन। आजसम्म गोर्खाहरूले जे जति पाएका छन् ती सबै कंग्रेसको शासनकालमा नै पाएका छन्। त्यसकारण गोर्खा र कंग्रेसको पुरानो सम्बन्धलाई दह्रिलो बनाउने दिशामा कदम बडाएका हौं।’
उनले अझ भने, अहिले देशको स्थिति जटिल हुँदै जान्दैछ। यस्तो स्थितिमा हामी सवचबै एकबद्व बन्न जरूरी छ। अब हुने लोकसभा चुनावमा सीटको ताना तानी र आ आफ्नो पार्टी र संगठनलाई दह्रिलो बनाउने दिशामा होइन देश बचाउने दिशामा हामी सबैले काम गर्नुपर्छ।’
अध्यक्ष एडवाडर्सले भनेका छन् -‘अब हुने चुनावमा दार्जीलिङ लोकसभा समष्टिको आसन लिएर इण्डिया गठबन्धनभित्र निकै ताना तानीको चर्चा चुलिन्दै जान्दैछ। दार्जीलिङ आसनमा हामी तृणमूल उम्मेद्वारलाई कदापी स्वीकार्ने छैनौं। यदि ताना तानी यथावत रहेको खण्डमा सबैको सहमति अनुरूप एक स्वतन्त्र उम्मेद्वार खडा गर्ने अध्यक्ष एडवाडर्सले इण्डिया गठबन्धनलाई सुझाव दिएका छन्। अब हुने लोकसभा चुनावमा भाजपा गठबन्धनले नै सरकार गठन गर्छ भन्ने कुनै ग्यारेण्टी छैन। यदि अब हुने चू़ुनावमा इण्डिया गठबन्धनको सरकार गठन भएको खण्डमा गोर्खाहरूले न्याय पाउने धेरै आशा रहेको तिनले बताए। यदि इण्डिया गठबन्धनको सरकार गठन नभएता पनि हाम्रो आवाज सदनमा अझ चर्को स्वरमा गुन्जिनेछ भन्ने अध्यक्ष एडवाडर्सले दावी गरे।