कालचिनीः आगामी लोकसभा चुनाउलाई मध्यनजर गर्दै सबै राजनैतिक दलहरूले प्रचारप्रसार थालेका छन्। यसै क्रममा तृणमूल कालचिनी ब्लक कमिटीको नवनिर्वाचित सभापति असिमकुमार लामाको नेतृत्वमा गारोपाडा अञ्चलमा जनसम्पर्क अभियान सम्पन्न भयो। जनसम्पर्क अभियान मार्फत जनसाधारणलाई राज्य सरकारले गरेको जनमुखी एवम् विकामूलक प्रकल्पहरूको जानकारी गराउँदै चियाबारी श्रमिकहरूको कल्याण गर्न लागिपरेको तृणमूल सरकारलाई साथ दिनुपर्ने बारेमा घर घरमा पुगेर बताइएको तृणमूल कालचिनी ब्लक सभापति असिमकुमार लामाले जनाएका छन्। आगामी दिनमा ब्लकभरी नै जनसम्पर्क अभियान जारी रहने तृणमूल सुत्रले जनाएका छन्।









