शंकर नेपाल उच्चतर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह शुभारम्भ

73f16b76-3d26-408d-ab37-d0ce6f57b5f3

कालचिनीः डुवर्सको कालचिनी खण्ड अधीनस्थ डिमा स्थित शंकर नेपाली उच्चतर माध्यमिक विद्यालयले स्वर्ण जयन्तीको शुभारम्भ गरेको छ। मंगलबार विद्यालयको परिसरमा एउटा भव्य समारोहबीच स्कूलको स्वर्ण जयन्तीको शुभारम्भ गरिएको स्कूलका सहशिक्षक श्याम प्रधान र दीप लामाले जनाएका छन्। समारोहमा स्कूलका संस्थापक सदस्यगण, भूतपूर्व शिक्षकगण लगायत पूर्व विद्यार्थीहरूको गरिमामय उपस्थिति रहेको थियो। यसै क्रममा शंकर नेपाली उच्चतर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक अनिल कुमार प्रधान र सहशिक्षक विकास विश्वकर्मा साथै स्कूलबाट अवकाशग्रहण गरेका विक्रम भुजेललाई स्कूलको पक्षबाट सम्वर्द्धना साथै स्मृति चिन्ह प्रदान गरिएको थियो।
समारोहमा स्कूलको पक्षबाट स्वर्ण जयन्ती समारोहको नाममा भूतपूर्व शिक्षकगण लगायत विद्यार्थीहरूलाई क्रमैले सम्वर्द्धना औ स्मृति चिन्ह भेट स्वरूप प्रदान गरिएको थियो। भूतपुर्व छात्रामा सन १९७५ सालको ब्याचदेखि १९८० र २०२३ सम्मका ब्याचका विद्यार्थीहरूको सहभागिता रहेको थियो। आगामी १ सालभरी नै स्कूलको स्वर्ण जयन्तीको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरिने र स्कूलले यसै अवसरमा एउटा स्मारिका पनि प्रकाशन गर्ने जानकारी स्कूलका भारप्राप्त प्रधान शिक्षक सुबान सिंह नौबाग, सहशिक्षक श्याम प्रधान र अबीर खालिङले संयुक्त रुपले दिएका छन्। आगामी भानु जयन्ती, भाषा मान्यता दिवस लगायत अन्यान्य कार्यक्रमहरू स्कूलले स्वर्ण जयन्तीको रुपमा गर्दै लैजाने पनि स्कूलका शिक्षकहरूले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement