खरसाङ: खरसाङको डब्ल्युबीएनभीएफ खेल मैदानमा भएको पहिलो भीमसेन च्यालेञ्च ट्रफी टुर्नामेन्ट अन्तर्गत मंगलबार दुईवटा खेलमा हिल फुटबल अकादमी र युनाइटेड ब्रदर बरबुङ बिजयी बनेका छन्। मंगलबार भएको पहिलो खेल चिड़िया मोढ़ सिलगढी र हिल फुटबल अकादमी खरसाङमाझ सम्पन्न भएको थियो। यस खेलमा हिल फुटबल अकादमीले २-० को अन्तरले खेल जितेको छ। त्यसरी नै दोस्रो खेल युनाईटेड ब्रदर बरबुङ र सुनिक ७ माझ सम्पन्न भएको छ। यस खेलमा युनाईटेड ब्रदर बरबुङले सुनिक ७ लाई ३-१ को अन्तरले पराजित गरेको छ। अब भीमसेन च्यालेञ्च ट्रफी फुटबल टुर्नामेन्टको अर्को खेल आगामी १ फरवरीको दिन सम्पन्न हुने भएको छ। उक्त दिन दुईवटा खेल सम्पन्न हुने भएको छ।









