राष्ट्रिय राजमार्गमा ४४ वटा भैँसीसहित ट्रक र ४ जना पक्राउ

IMG-20240130-WA0205.jpg

जलपाइगढी। भैँसी तस्करी विरुद्धको अभियानमा बीएसएफले फेरि सफलता हात पारेको छ। बीएसएफले ४४ वटा भैँसी उद्धार गरेर मुक्त गरेको छ भने ४ जना तस्करहरुलाई पक्राउ गर्न सफल भएका छन्। जलपाइगढी रानीनगरको राष्ट्रिय राजमार्ग ३१ नम्बर क्षेत्रबाट बीएसएफले उक्त अभियान सफल बनाएको जनाएका छन्। पक्राउ परेकाहरुलाई बीएसएफले जलपाइगढी कोतवाली थानामा सुम्पिएको छ। पक्राउ पर्नेमा मुजफ्फरपुरका ६० वर्षीय मोहम्मद उकिल, ४० वर्षीय मोहम्मद सकिल, ४७ वर्षीय मोहम्मद समीम, ३८ वर्षीय सादेक अली रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement