सिलगढी। सत्तामा आएपछि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले लामो समयदेखि केन्द्रका विभिन्न परियोजनाहरूलाई आफ्नै परियोजनाका रूपमा जनतासामु प्रस्तुत गरिरहेकी आरोप सिलगढीका विधायक शंकर घोषले लगाएको छ। सिलगढीका विधायक शंकर घोषले चाहे त्यो जलजीवन मिशन होस् वा आवास योजना होस् वा १०० दिनको काम होस् मुख्यमन्त्री ममता ब्यानर्जीले जनतालाई भूल बुझाउने काम गरेको आरोप लगाएका छन्। सोमबार सिलगढी नजिकैको फुलबारीमा एक औपचारिक कार्यक्रममा सहभागी भएकी थिइन्। त्यहाँ पनि उनले केन्द्रको परियोजनालाई आफ्नो भन्दै जनतालाई गलत जानकारी दिएको बताउँदै विधायक शंकर घोषले जलजीवन मिशनका लागि केन्द्रले ९० प्रतिशत पैसा दिन्छ भने राज्यले १० प्रतिशत मात्रै दिने गरेको जनाएका छन्। यसबाहेक, केन्द्र सरकारले आवास योजनाका लागि राज्यलाई करिब ४० प्रतिशत रकम उपलब्ध गराउँदै आएको तिनले थपे। विधायक शंकर घोषले उत्तरबंगालको उपचार प्रणाली धराशायी भएको, जिल्ला अस्पताल र मेडिकल कलेज अस्पतालमा कार्डियो तथा न्यूरो चिकित्सकको अभावका कारण चिकित्सा सेवा अवरुद्ध भएको पनि बताए। उत्तरकन्या पनि नाममा मात्रै शाखा सचिवालय भएकोले यहाँ कोही मन्त्री वा सचिव नभएकाले उत्तरबंगालका जनताले कुनै फाइदा नपाएको समेत विधायक शंकर घोषले औँली उठाए।