एकजना भू-माफिया पक्राउ

photocollage_2022520165534365.jpg

सिलगढीः एकजना भू-माफियालाई एनजेपी थाना पुलिसले पक्राउ गरेको छ। आज तिनलाई जलपाइगढी अदालतमा पेश गऱ्यो। पक्राउ परेका व्यक्ति सत्र्यासीकाटा निवासी ताजिउद्दीनको रुपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको अनुसार भू-माफिया मेरीसित मिलेर ताजिउद्दीनले धेरै दिन अघिदेखि जमिनको मामिलामा मानिसहरूलाई ठग्दै आइरहेको थियो। गत ८ मईमा अभियोगको आधारमा पुलिसले मेरी र तिनको छोरा आइबुल इस्लामलाई पक्राउ गरेको थियो। यसपछि गत राति पुलिसले अभियान चलाएर ताजिउद्दीनलाई पक्राउ गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement