लागुऔषध तस्करीको आरोपमा भूतपूर्व सैनिक पक्राउ

Untitled-24-1024x576.jpg

सिलगढी: लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा सेनाका पूर्व सैनिक पक्राउ परेका छन्। आरोपीको नाम रतन विश्वास (४८) हो। उनी बागडोगराको एमईएस मोडका बासिन्दा हुन्।सो जवान आज लागुऔषध ओसारपसार गर्न मोटरसाइकलमा विश्वास कोलोनी जाँदै गरेको बताइएको छ। गोप्य स्रोतको आधारमा यो सूचना पाएलगत्तै एसओजी र माटिगरा थानाको पुलिसले चन्दमुनी अस्पताल लाइन मोड क्षेत्रमा अप्रेसन गरी एक मोटरसाइकललाई रोकेको थियो। त्यसपछि खोजीका क्रममा मोटरसाइकलमा सवार रतन विश्वासको साथबाट २५८ ग्राम ब्राउन सुगर बरामद भएको थियो अभियुक्तलाई बुधबार सिलगढी अदालतमा पेश गरिनेछ। केही महिनाअघि पनि रतन विश्वासलाई ब्राउन सुगर तस्करी गरेको आरोपमा एनजेपी पलिसले पक्राउ गरेको थियो। त्यसपछि उनी १८ महिना जेल बसेका थिए । पछि जमानत पाएपछि उनी आज फेरि लागुऔषध ओसारपसारमा लागेका हुन्। तर त्यसअघि नै एसओजी र माटिगरा थानाले उनलाई पक्राउ गरेको थियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement