महात्मा गाँधीको पुण्यतिथिमा खरसाङमा शहीद दिवस पालन

IMG-20240130-WA0191.jpg

खरसाङ: राष्ट्रपिता महात्मा गाँधीको पुण्यतिथिमा स्मृति दिवसको रूपमा शहीद दिवस आज सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमाको कार्यालयमा सम्पन्न भएको छ। सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमाको अधिकारी अनिर्बन दामद्वारा स्वागत सम्भाषण राइएको कार्यक्रममा खरसाङ महकुमा शासक आईएएस अवध सिंघल मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा महकुमा पुलिस अधिकारी आईपीएस पी शरणान्य, समाजसेवी विनोद प्रकाश शर्मा, पूर्व सैनिक क्याप्टन अजय तामाङ, एल्डर एनटी लेप्चा लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा लोक प्रसार प्रकल्पका लोक कलाकारहरूले राम धुन, भजन प्रस्तुत गरेका थिए। शहीद दिवस प्रत्येक ३० जनवरीको दिन राष्ट्रपिता महात्मा गाँधीको स्मृतिमा पालन गर्ने गरिन्छ अनि कार्यक्रममा महात्मा गाँधीको भारतीय स्वतन्त्रता संग्राममा दिएको बहुमूल्य योगदानको सम्झना गर्दै देशप्रति उनको योगदानको याद गर्ने गरिन्छ।

महात्मा गाँधीको ३० जनवरी १९४८ मा हत्या गरिएको थियो। कार्यक्रममा महात्मा गाँधीको तस्वीरमा धुप द्वीप प्रज्वलनसहित खदार्पण गरेर श्रध्दाञ्जली अर्पण गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement