काठमाडौं: काठमाडौंलगायत नेपालभर शहीद दिवस पालन गरियो। मंगलबार काठमाडौंमा काठमाडौं महानगरपालिकाको आयोजनामा शहीद दिवसको अवसरमा शहीद स्मारक लैनचौरमा स्मृति सभा आयोजना गरियो। शहीद दिवसको अन्तिम दिन आज काठमाडौं महानगरपालिका शहीद सप्ताह मूल समारोह समितिले शहीद सप्ताहको अन्तिम दिन प्रभातफेरी तथा स्मृति सभा कार्यक्रम गर्यो। यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, विदेशमन्त्री नारायणप्रकाश साउद, भूमि, व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो।
महानगरले २४ जनवरीमा पहिलो दिन शुक्रराज शास्त्रीले शहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, २७ जनवरीमा धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको शालिकमा पुष्पगुच्छा तथा माला अर्पण तथा स्मृति सभा गरियो। सन् १९५६ (विसं २०१२) देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष ३० जनवरीमा शहीदको सम्झनामा दिवस मनाउने गरिन्छ। आज नेपालभरका विभिन्न स्थानमा शहीदको स्मरणमा विभिन्न कार्यक्रमहरु गरेर शहीद दिवस पालन गरियो। शहीद दिवसको अवसरमा बिहान शान्ति बाटिकादेखि प्रभातफेरी कार्यक्रम पनि गरिएको थियो।