पाकिम: स्वतन्त्रता दिवस समारोह समिति र रम्फू नगर पञ्चायतले मिलेर आयोजित गरेको ७६औं स्वतन्त्रता दिवस फुटबल टूर्नामेन्ट, रम्फू गोली ग्राउण्डमा आजदेखि शुरू भएको छ। टूर्नामेटनको आयोजना स्वतन्त्रता दिवस समारोह समितिले रम्फू नगर पञ्चायतसॅंग मिलेर गरिरहेको छ।
यस टूर्नामेन्टमा कूल २० दलले भाग लिइरहेको छ। टूर्नामेन्टको फाइनल आगामी १५ अगस्त स्वतन्त्रता दिवसको अवसरमा खेलाइने छ। यस टूर्नामेन्टका विजेता दललाई तीन लाख र उपविजेता दललाई दुई लाख नगद प्रदान गरिने छ।
यस अवसरमा आज सिक्किम आवास एवं विकास बोर्डका चेयरमेन कर्मा टाशी भोटिया मुख्य अतिथि र मुख्यमन्त्रीका ओएसडी भानु प्रधान विशिष्ट अतिथि थिए। आज टूर्नामेन्टको पहिलो म्याच पीएफए सेण्ट्रल पाण्डम बनाम केएफए सिलगढीबीच खेलियो। म्याच शुरू हुनुभन्दा पहिला स्थानीय स्कूलका विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।