मुख्यमन्त्री ममता ब्यनर्जीले चोपड़ामा रोड शो

Mamata_Banerjee__15_.jpg

रोड शोमा उर्लियो भीड़

उत्तर दिनाजपुर: जिल्लाको रायगञ्जमा आयोजित एक प्रशासनिक बैठकमा भाग लिनपूर्व मङ्गलवार मुख्यमन्त्री ममता ब्यनर्जीले चोपड़ामा रोड शो गरिन्। बिहान मुख्यमन्त्री सिलगढ़ी संलग्न फूलबारीको भीडियोकन मैदानबाट हेलिकप्टरमा सवार भई रायगञ्ज तर्फ प्रस्थान भइन्।

चोपड़ाको पुलिस मैदानमा उनको हेलिकप्टर अवतरण भयो। त्यसपछि उनले त्यहीँबाट रोड शो गरिन्। मुख्यमन्त्रीलाई हेर्नका लागि सड़कका दुवै किनारमा मानिसहरूको भीड़ एकत्र भएको थियो।

लोकसभा चुनाउपूर्व मुख्यमन्त्री ममता ब्यनर्जी पाँच दिवसीय उत्तर बंगाल भ्रमणमा छन्। मङ्गलवार उनको रायगञ्जमा प्रशासनिक बैठक हुनेछ। त्यहाँबाट उनी सरकारी समारोहमा सामेल हुनका लागि हेलिकप्टरको माध्यमबाट बालुरघाट पनि जानेछन्। बालुरघाटमा रात्रि विश्राम गरेपछि अघिल्लो दिन जिल्लाको सरकारी सहायता समारोहमा सामेल हुनेछन्। कार्यक्रमपछि मुख्यमन्त्री त्यै दिन मालदा जानेछन्।

मालदाको कार्यक्रमपछि मुख्यमन्त्री ब्यनर्जी मुर्शिदाबाद जानेछन्। यहाँको कार्यक्रमपछि उनी नदिया जिल्लाको कृष्णनगर पुग्नेछन्। त्यहाँ रात्रि विश्रामपछि अघिल्लो दिन सरकारी सरकारी सहायता कार्यक्रममा सामेल हुनेछन्, त्यसपछि आगामी १ फरवरीमा कार्यक्रम पूर्ण भएपछि मुख्यमन्त्री ममता ब्यनर्जी कोलकाता फर्किनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement