नयॉं दिल्ली: प्रवर्तन निदेशालय (ईडी) को टीमले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनको राजधानी दिल्लीस्थित आवासको तलासीपछि ३६ लाख रूपियॉं नगद, दुईवटा लग्जरी कार र केही आपत्तिजनक दस्तावेज जफत गरेका छन्।
केन्द्रिय जॉंच एजेन्सी सोरेनको दक्षिण जिल्लीस्थित ५/१ शान्ति निकेतन आवास पुग्यो र १३ घण्टाभन्दा धेरै समयसम्म त्यहॉं तलासी लियो। यस अवधि जॉंच अधिकारीहरूले आवास परिसरको तलासी लियो।
अधिकारिक सूत्रहरूले मंगलवार भने, ईडीको टीम कथित भूमि धोखाधडीसित सम्बन्धित धनशोधनको एक मामिलाको जॉंचको क्रममा सोधपुछको निम्ति सोमवार हेमन्त सोरेनको दक्षिण जिल्लीस्थित ५/१ शान्ति निकेतन आवास पुग्यो र १३ घण्टाभन्दा धेरै समयसम्म तलासी गऱ्यो।
यस अवधि केन्द्रिय जॉंच एजेन्सीले मुख्यमन्त्री सोरेनको आवास परिसरको तलाशी लियो। ईडी अधिकारीहरूले अबेर राति हेमन्त सोरेनको बंगलाबाट ३६ लाख रूपियॉं नगद र दुईवटा कार जफत गरेको छ।
उल्लेखनीय छ, जमीन घोटाला मामिलामा सोधपुछको निम्ति ईडीले धेरैपल्ट हेमन्त सोरेनलाई समन जारी गरिसकेको छ। तर, उनी केन्द्रिय जॉंच एजेन्सी समक्ष उपस्थित भएका थिएनन्।