मङ्पू: मङ्पू साहित्यक संस्थानका संरक्षक तथा नारी हस्ताक्षर साहित्यकार सुभद्र बम्जनलाई हालैमा नेपाल राष्ट्रमा अक्षरमार्ग सम्मानद्वारा सम्मानित गरिएको छ। नेपालको राजधानी काठमाडौं उपत्यका भित्र पर्ने काभ्रे पनौतीमा अक्षरमार्ग साहित्यक त्रैमासिक पत्रिका एवं संस्थानको आयोजनामा सम्पन्न भएको एक साहित्यक कार्यक्रममा सुभद्र बम्जनलाई अक्षरमार्ग सम्मानले सम्मानित गरिएको छ। उक्त साहित्यक कार्यक्रममा नेपाल-भारतलगायत अन्य देशमा बसोबासो गर्दै आएका सर्जकहरुलाई सम्मान गरिएको छ।