फ्रान्समा किसानहरूद्वारा मुख्य शहरका राजमार्गमा अवरोध

IMG-20240130-WA0140.jpg

पेरिस: फ्रान्सेली किसानहरूले मुख्य शहरका राजमार्गहरुमा अवरोध गरेका छन्। मुद्रास्फीति र सस्तो आयातबाट प्रतिस्पर्धाको चिन्तालाई लिएर सरकारसँग असन्तुष्ट किसानहरुले मुख्य राजमार्गमा ट्र्याक्टर राखेर अबरुद्ध गरे पछि दैनिक जनजीवन कष्टकर बनेको छ। जुन आन्दोलनका कारण फ्रान्सको राजधानी पेरिस वरपरका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेको छन्। केही दिनदेखि फ्रान्सेली किसान प्रदर्शनकारीहरूले राम्रो पारिश्रमिक र थोरै वातावरणीय नियमहरूको माग गरिरहेका छन्, जो नहुदाँ उहरूको जीविकोपार्जनलाई नै असर गरिरहेको उनीहरुले जनाउँदै आएका छन्। सोमबार आन्दोलनरत किसानहरूले पेरिसको महत्त्वपूर्ण सडकका आठ चोक पोइन्टमा अवरोध गरेका थिए। ‘हामीलाई जवाफ चाहिन्छ,’ दक्षिणपश्चिमी लोट एट गारोनकी किसान करिन डकले भनिन्। उनी पेरिसतर्फ जाने ट्र्याक्टरहरूको जुलुसमा सहभागी भएकी थिइन्। स्थानीय मिडियाबाट सरकारविरुद्ध खुलेर असन्तुष्टि जाहेर गरेरहेकी थिइन्। ‘यो खेतीका लागि किसानहरुको अन्तिम लडाइ हो। यो बाँच्नका लागि पनि प्रश्न हो,’ उनले भनिन्।
यसैबिच, मुल्य वृद्धिबाट बच्न सावधानी अपनाएको सरकारले कृषि डिजेलमा दिइने अनुदान घटाउने योजना बिस्तारै खारेज गर्दै पर्यावरण नियमलाई सहज बनाउने वाचा गरेको छ। सरकारले यो पनि भनेको छ, ‘यसले आफ्नो युरोपेली संघका साथीहरूलाई बाँझो खेती जग्गामा नियमहरू सहज बनाउन सहमत हुन दबाव दिनेछl’ युरोपियन युनियका अनुदानहरू प्राप्त गर्नका लागि कृषकहरूले निश्चित सर्तहरू पूरा गर्नुपर्नेछ, जस्तो प्रकृति पुनः प्राप्ति गर्नसक्ने गैर उत्पादक क्षेत्रहरूमा चार प्रतिशत खेतीयोग्य जमिन छुट्याउनु पर्ने आवश्यकतासमेत समावेश गरिएको छ। तर कृषक संगठनहरूले योजनालाई अझ अगाडि बढाउनु पर्ने बताएका छन्। ‘यस चरणमा, हामी के चाहन्छौं भने सरकार माथी अझ दबाव बढाउनु हो,’ प्रभावशाली किसान युनियनका प्रमुख अर्नाउड रुसोले स्थानिय मिडियासँग भनेका छन्। ‘त्यसैले हामी पेरिसबाट ३० किलोमिटर सम्म पेरिस छिर्ने सबै मुख्य राजमार्गहरू अवरुद्ध गर्नेर्छौ, हाम्रो उद्देश्य सरकारलाई दबाव दिनु हो, ताकि हामी चाँडै संकटबाट बाहिर निस्कने उपाय खोज्न सकौं,’ उनले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *