मनदीप जांगड़ाले अमेरिकामा जिते सुपर फेदरवेट खिताब

IMG-20240130-WA0141.jpg

नयाँ दिल्ली, ३० जनवरीः भारतीय बक्सर मनदीप जांगड़ाले वाशिंगटनको टप्पेनिश सिटीमा गेरार्डो एसक्विवेललाई पराजित गरी अमेरिका स्थित नेशनल बक्सिंग एसोसिएशन (एनबीए)-को इण्टरकण्टिनेण्टल सुपर फेदरवेट खिताब जिते। आफ्नो पेशादार करियरमा अहिलेसम्म अजेय रहने ३० वर्षीय जांगड़ाले ओलम्पिकमा पूर्व रजत पदक विजेता रोय जोन्स जूनियरको मार्गदर्शनमा अभ्यास गरिरहेका छन्। अमेरिकी बक्सर विरुद्ध प्रतिस्पर्धा गर्न मनदीपले आफ्नो पहिलाको ७५ किग्रा भार वर्ग छोड़ेर कम्ती भार वर्गमा ओर्लिनु पऱ्यो। यसको निम्ति उनले आफ्नो ओजन पनि निक्कै घटाएका छन्। खिताब जितेपछि उनले भने, यो केवल मेरो जीत नभएर ती सबै व्यक्तिहरूका पनि जीत हो जसले मलाई यस पूरा यात्रामा साथ र समर्थन दिए। यसमा मेरो परिवार, प्रशिक्षक, प्रशंसक र मसँग उभिने हरेक व्यक्ति सामेल छन्। म यो खिताब आफ्नो देशलाई समर्पित गर्छु। म देशको निम्ति भविष्यमा यस्ता धेरै खिताब र सम्मान हासिल गर्ने कोशिश गर्नेछु। उल्लेखनीय छ, जांगड़ाले २०२१-मा पेशादार बक्सिंगमा पदार्पण गरेका थिए। एसक्विवेललाई पराजित गर्न अघि जांगड़ाले आफ्नो ६ वटा बाउटमा चारवटा नक्आउट आधारमा जितेका थिए। जांगड़ाले एमेच्योर सर्किटमा पनि असल प्रदर्शन गरेका छन्। उनले २०१४ ग्लास्गो कमनवेल्थ गेम्समा रजत पदक जितेका थिए। फ्लोरिडा स्थित नेशनल बक्सिंग एसोसिएशन (एनबीए) पेशादार लड़ाइँको निम्ति मान्यता प्राप्त संस्था हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement