एशिया कप २०२५ टी२० प्रारूपमा खेलिने

IMG-20240130-WA0119.jpg

नयाँ दिल्ली, ३० जनवरीः साल २०२५-मा हुने एशिया कप क्रिकेट टुर्नामेण्टलाई लिएर महत्त्वपूर्ण अपडेट अघि आएको छ। मीडिया रिपोर्ट्स अनुसार, आउँदो एशिया कप टी२० प्रारूपमा खेलिनेछ। यसअघि साल २०१६ र २०२२-मा पनि टुर्नामेण्टको आयोजन टी२० प्रारूपमै गरिएको थियो। आईसीसी विश्व कप २०२३-लाई ध्यानमा राखेर गत एशिया कप वनडे प्रारूपमा खेलिएको थियो। गत वर्ष एशिया कपको आयोजन पाकिस्तान र श्रीलंकामा भएको थियो। पाकिस्तानले आफ्नो चारवटा म्याच घरेलु मैदानहरूमा खेलेको थियो भने भारतीय टीमले श्रीलंकामा आफ्नो सबै म्याच खेलेर जीत हासिल गरेको थियो। अहिले एशियाई क्रिकेट काउन्सिल (एसीसी)-ले टी२० एशिया कपलाई असल तरिकाले आयोजन गर्न यसलाई टी२० प्रारूपमा खेलाउने फसेला गरेको छ। एसीसी-को आउँदो वार्षिक सभामा यसबारे अन्तिम फसेला लिइनेछ। यो बैठक इण्डोनेशियाको बारीमा दुई दिन हुनेछ। टुर्नामेण्टको आयोजक बन्न संयुक्त अरब अमीरात (यूएई) र ओमानबीच कुरा चलिरहेको छ। यूएई-मा यसअघि चारपल्ट एशिया कपको आयोजन भइसकेको छ जबकि ओमानमा अहिलेसम्म यस टुर्नामेण्टको आयोजन भएको छैन। गत पाँच सालमा दोस्रोपल्ट टुर्नामेण्टको आयोजन टी२० प्रारूपमा हुन गइरहेको छ। उल्लेखनीय छ, एशिया कपमा शुरुदेखि नै भारतको पल्ला भारी रहेको छ। भारतीय टीमले अहिलेसम्म १५ पल्ट एशिया कपमा हिस्सा लिएको छ अनि ८ पल्ट ट्रफी जितेको छ। यसरी श्रीलंकाले १६ पल्ट हिस्सा लिएर दोस्रो सर्वाधिक ६ पल्ट खिताब जितेको छ। पाकिस्तानको टीमले केवल दुईपल्ट (२००० र २०१२) खिताब जितेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *