समाजसेवी विक्रम राईद्वारा साहित्यकार अर्जुन शर्मा निरौलालाई व्हील चेयर प्रदान

IMG-20240130-WA0120.jpg

सिलगढी: सिटोङ-१ घलेटारका समाजसेवी विक्रम राईले हिजो (२९ अक्टोबर) अर्जुन शर्मा निरौलालाई एउटा व्हील चेयर प्रदान गरेl निरौलालाई व्हील चेयरको आवश्यकताबारे इजा प्रकाशन दार्जीलिङका संयोजक मञ्जुला तामाङले आग्रह गरेकी थिइन्l विक्रम राईले सिलगढीको एउटा पसलबाट व्हील इजा प्रकाशन समूहका साथ फाराबारी नेपाली बस्ती बराल बगैंचा पुगेर अर्जुन शर्मा निरौला र उनी श्रीमती सरोजासित (सरोजार्जुन) भेट गर्दै व्हील चेयर प्रदान गरे। अर्जुन निरौलालाई देखेपछि विक्रम राई भावुक बन्दै आफूले आफूले भर्खरै किनेर लगाएको सेतो ज्यकेट अनि स्मार्ट वाच पनि अर्जुन शर्मा निरौलालाई प्रदान गरे।
विक्रम राईको परोपकारी मन देखेर अर्जुन निरौलाले भावुक बन्दै नयाँ व्हील च्यारमा बसेर आफूलोए विक्रम राईलाई साक्षात हरिशचन्द्रको रूपमा भेटेको जनाएl उनले विक्रम राई साथै इजा प्रकाशनकी संयोजक मञ्जुला तामाङप्रति आभार प्रकट गरे। स्मरण रहोस्, अर्जुन शर्मा निरौला आफू दिव्यांग रहेर पनि आफ्नी श्रीमती सरोजा राईका साथमा तीनवटा पुस्तकहरु ‘भावतरङ्ग प्रस्फुटन’ र ‘सरोजार्जुन’ प्रकाशन गर्न सक्षम बनेका छन्l अर्जुन शर्मा निरौलाले केही महीना अघि दिल्लीमा आयोजित पहिलो राष्ट्रिय दिव्यांग लेखक सम्मेलनमा भारतीय नेपाली लेखक समूहबाट प्रतिनिधित्व गर्दै गएका थिए भने त्यस दिन उनलाई सहित्य अकादमी दिल्लीले एक राष्ट्रिय पुरुस्कारले पनि सम्मान जनाइसकेका छन्। यसरी अर्जुन निरौलालाई स्टेट अवार्ड फर राइटिङ अनि गोरुबथान नागारिक संस्थाले नागारिक सम्मानले पनि सम्मानित गरिसकेका छन्।

साहित्यकार अर्जुन निरौला २२ जुलाई २००३ को दिन लाभामा ३०० फीट तल झर्दा एक बस दुर्घटनामा परी घाइते बनेर २१ वर्षदेखि दिव्यांग बनेका छन् भने उनले नेपाली साहित्य अनि समाजमा ठूलो योगदान दिइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement