लोकसभा चुनाउ अघि बंगाल सरकारले खोल्यो उपहारको बाकस, लाखौँले पाए जमीनको पट्टा

IMG-20230410-WA0169-11-300x172-8

सिलगढी। लोकसभा चुनाउ अघि बंगाल सरकारले उपहारको बाकस खोल्यो। मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढीको फुलबारी क्षेत्रमा उत्तरबंगालरा शाखा सचिवालय उत्तरकन्या संलग्न क्षेत्रमा सामाजिक परियोजना र सुविधा उपलब्ध गराउन सरकारी कार्यक्रममा भाग लिइन्। कार्यक्रममा मुख्यमन्त्री बाहेक मन्त्री अरुप विश्वास, बुलुचिक बडाइक, सबिना यास्मिन, सिलगढी मेयर गौतम देव, सचिव वीपी गोपालिका आदि उपस्थित थिए। कार्यक्रमको मञ्चबाट मुख्यमन्त्रीले चियाबारी श्रमिकहरुका लागि एकपछि अर्को आयोजना घोषणा गरेका थिए। यस क्रममा सोमबार मुख्यमन्त्रीले जलपाइगढी जिल्लाका १२ वटा चियाकमानका ५ हजार ३३ जना र अलिपुरद्वार जिल्लाका ८ वटा चियाकमानका ७ हजार ४४ जनालाई पट्टा वितरण गरे। राज्य सरकारले समग्रमा २ लाख २६ हजार आवासीय पट्टा, १ लाख ५८ हजार कृषि पट्टा, र ५० हजार चियाकमानको पट्टा प्रदान गरेकी थिईन्। यसबाहेक दार्जीलिङ, खरसाङ, कालेबुङ र मिरिकमा चियाकमानका श्रमिकहरूलाई पनि पट्टा दिन सर्वेक्षणको काम सुरु भएको बताइएको छ। मुख्यमन्त्रीले जीटीए प्रमुख अनित थापालाई यस विषयमा भूमि तथा भूमिसुधार विभागका सचिवसँग छलफल गर्न निर्देशन दिएका छन्। आगामी दिनमा राज्य सरकारले चियाबारी श्रमिकहरुलाई पट्टा दिलाउन १४ वटा जिल्लाका ३५ वटा चियाबारीको भूमी अधिग्रहण गर्ने बताइएको छ। साथै मुख्यमन्त्रीले मेयर गौतम देवलाई सिलगढी नगरपालिका अन्तर्गत बस्दै आएका २५० शरणार्थी उपनिवेशहरूमा बस्ने मानिसहरूलाई “उत्तरण” आवास योजना अन्तर्गत पट्टा दिने प्रक्रिया सुरु गर्न निर्देशन दिएकी छन्। यसका साथै बक्सा ब्याघ्र प्रकल्प अन्तर्गत बसोबास गर्ने बनबस्तीका २०३ परिवारलाई वनछाया परियोजना अन्तर्गत ल्याइएको मुख्यमन्त्रीले जनाएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *