भारतीय पेस बलर बुमराहमाथि जरिमाना

IMG-20240129-WA0272.jpg

हैदराबाद, २९ जनवरीः भारतीय क्रिकेट टीमका अनुभवी पेस बलर जसप्रीत बुमराहमाथि ईंग्ल्याण्ड विरुद्ध टेस्ट सीरीजको पहिलो म्याचको अवधि आईसीसी आचार संहिताको लेवल १-को उल्लंघन गरेको मामिलामा आधिकारिक चेताउनीको साथमा १ डिमेरिट अंकको जरिमाना लगाइयो। भारतले पहिलो टेस्ट म्याचमा २८ रनले हारको सामना गर्नु पर्यो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले आफ्नो बयानमा बताएअनुसार, बुमराहलाई खेलाड़ीहरू र सहयोगी स्टाफहरूका निम्ति आईसीसी आचार संहिताको अनुच्छेद २.१२-को उल्लंघन गरेको पाइयो, जुन कुनै खेलाड़ी, सहयोगी स्टाफ, अम्पायर, म्याच रेफरी या अन्य व्यक्तिसँग अनुचित शारीरिक सम्पर्कसँग सम्बन्धित छ। बुमराहको अनुशासनात्मक रेकर्डमा १ डिमेरिट अंक पनि जोड़िएको छ, जसको गत २४ महिनामा यो पहिलो अपराध थियो। उल्लेखनीय छ, यो घटना ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा ८१औं ओभरमा भएको थियो। त्यस समय बुमराह बलिंग गर्दा दगुर्दै अघि बढ़ेर ओली पोपको बाटोमा आएका थिए। त्यस समय बुमराहको शरीरले पोपलाई धक्का लागेको थियो। पहिलो टेस्टमा जम्मा ६ विकेट लिने बुमराहले आरोप र शास्ती दुवै स्वीकार गरेका हुनाले कुनै औपचारिक सुनुवाईको आवश्यकता परेन। भारत र ईंग्ल्याण्डबीच दोस्रो टेस्ट २ फरवरीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement