राहुल गान्धीको न्याय यात्रा पुनः बंगालमा प्रवेश गरे सामेल हुनेछौं: माकपा

CPI-M-flag.svg_.png

काेलकाता: सीपीआई (एम) प्रदेश नेतृत्वले राहुल गान्धीको न्याय यात्रा पुनः बंगालमा प्रवेश गरे यात्रामा सामेल हुने घोषणा गरेका छन्। पार्टीको तर्फबाट भनिएको छ, पार्टीले देशको सबैभन्दा पुरानो राष्ट्रिय पार्टीको कार्यक्रममा व्यापक रूपमा सहभागिता जनाउनेछ।

न्याय यात्रा सोमवार बिहारमा प्रवेश गरेको छ भने आगामी बुधवारदेखि यसले पश्चिम बंगालमा आफ्नो दोस्रो चरणको शुरूआत मालदा जिल्लाबाट गर्नेछ। सीपीआई (एम)- का एकजना नेताले भने, गए आइतवार राहुल गान्धीको नेतृत्वमा जलपाईगुड़ी अनि सिलगढ़ीमा आयोजित ऱ्यालीमा पार्टीका जिल्लास्तरीय नेतृत्वको सभागिता रहेको थियो भने दोस्रो चरणमा पार्टीका केन्द्रिय स्तरको सहभागिता रहनेछन् जसमा पोलित ब्युरो र केन्द्रिय समिति सामेल छन्।

अहिलेसम्ममा न्याय यात्राको दोस्रो चरणमा सीपीआई (एम) पोलित ब्यूरो सदस्य औ पश्चिम बंगालमा पार्टीका राज्य सचिव मोहम्मद सलीम र सीपीआई (एम) केन्द्रिय समितिका सदस्य डा. सुजन चक्रवर्ती सहभागी हुने कुरा पुष्टि गरिएको छ। कंग्रेस नेतृत्वले ऱ्यालीमा आफ्नो उपस्थिति दर्ता गराउनका लागि सीपीआई (एम)-को सबैभन्दा प्रमुख युवा अनुहार तथा पार्टीको युवा शाखा प्रदेशकी अध्यक्ष मिनाक्षी मुखर्जीलाई विशेष रूपले आमन्त्रित गरेका छन्। सूत्रले बतायो, मुखर्जीले न्याय यात्राको दोस्रो चरणमा भाग लिनेछन्। यसबीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले पहिला नै स्पष्ट पारिसकेकी छन्, आगामी लोकसभा चुनाउमा तृणमूल कंग्रेसले राज्यमा एक्लै चुनाउ लड़्नेछ।

अर्कोतिर सीपीआई (एम) नेतृत्व चाँड़ोभन्दा चाँड़ो सीट बाँड़फाँड़को सन्दर्भमा बातचित गर्न चाहन्छन्। पार्टीका एकजना केन्द्रिय समिति सदस्यले बताए- “एकातिर बिहारका मुख्यमन्त्रीले आधिकारिक रूपमा जद (यू)-लाई विपक्षी दलहरूको इण्डी गठबन्धनदेखि पृथक गरिसकेका छन्। यद्यपि ममता ब्यनर्जीले ब्लकसित यसरी छुट्टिने कुरा गरेकी छैनन्। तर उनले पश्चिम बंगालमा एक्लै चुनाउ लड़्ने आफ्नो लक्ष्य स्पष्ट पारिसकेकी छन्। यसैले कंग्रेससित सीट बाँड़फाँड़को सम्बन्धमा बातचित शुरू गर्ने यो सही समय हो र कंग्रेस नेतृत्वसित यस प्रक्रियालाई चाँड़ोभन्दा चाँड़ो शुरू गर्ने अपील गर्नेछौं।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement