अमेरिकी गायिका टेलर स्विफ्टले गरिन् डीपफेकविरुद्ध कानून बनाउने माग

IMG-20240129-WA0266.jpg

अमेरिकाकी चर्चित गायिका टेलर स्विफ्टको डिपफेक बनाएर सामाजिक सञ्जालमा भाइरल भएको छ। जब स्विफ्टको नक्कली तस्वीरहरू सोशल मिडियामा भाइरल भए, यसले अमेरिकी नेताहरूको ध्यान आकर्षित गर्यो। अहिले उनीहरुले यसलाई निषेध गर्न कानून बनाउनुपर्ने र त्यस्तो गर्नेलाई कडा कारबाही गर्न माग गरेका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार टेलर स्विफ्टको तस्वीर एक्स र टेलिग्रामलगायत सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो। एक अमेरिकी सांसदले स्विफ्टको नक्कली तस्वीरलाई डरलाग्दो भने। एक्सले आफ्नो पोस्टमा भनेअनुसार यो विषयलाई नजिकबाट अनुगमन गरिएको छ, र कुनै पनि थप उल्लङ्घनहरूमाथि कारबाही गर्ने र सामग्री हटाइने सुनिश्चित गरिएको छ। डिपफेकले कसैको अनुहार वा शरीरलाई हेरफेर गरेर नक्कली भिडियो वा फोटोहरू सिर्जना गरिरहेको छ। यसमा विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिन्छ। सन् २०२३ मा एक अनुसन्धानले पत्ता लगाएअनुसार एआइको कारण २०१९ देखि डीपफेकका घटनाहरू ५५० प्रतिशतले बढेको छ। अहिले अमेरिकामा एआईको सहयोगमा हुने यो छेडछाडका लागि कुनै कानुन छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *