पुटिनले दर्ता गरे राष्ट्रपति पदका लागि औपचारिक उम्मेदवारी

IMG-20240129-WA0258.jpg

मस्को: रुसले सोमबार औपचारिकरूपमा भ्लादिमिर पुटिनलाई मार्चमा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवारका रूपमा मान्यता दिएको छ। चुनावमा उनको जित निश्चित रहेको छ। यस शताब्दीको शुरुदेखि नै रुसको नेतृत्व गर्दै आएका ७१ वर्षीय पुटिनले चार वटा राष्ट्रपतिको चुनाव जितेका छन् भने विपक्षीहरू करिब अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीको रूपमा काम गरे। केन्द्रीय चुनाव आयोगले आफूलाई मनोनयन गर्ने पुटिनका साथै दक्षिणपन्थी तथा पुटिनप्रति बफादार लियोनिद स्लटस्कीलाई चुनावका लागि उम्मेदवारका रूपमा दर्ता गरेको जनाएको छ। चुनाव १५ देखि १७ मार्चसम्म दिनसम्म हुनेछ।
क्रेमलिनका आलोचकहरूका अनुसार चुनावले पारदर्शिताको ग्यारेन्टीलाई अझ कठिन बनाउने बताएका छन्। सन् २०२० मा एउटा विवादास्पद संवैधानिक सुधारपछि पुटिन कम्तीमा सन् २०३६ सम्म सत्तामा कायम रहन सक्नेछन्। अधिकार समूहहरूले विगतका चुनावहरूमा अनियमितता भएको भन्दै स्वतन्त्र पर्यवेक्षकहरूलाई चुनावको अनुगमन गर्न रोक लगाउन सकिने बताएका छन्। पुटिनले कुनै वास्तविक प्रतिस्पर्धाको सामना गर्नुहुने अपेक्षा गरिएको छैन। उदारवादी प्रतिद्वन्द्वी बोरिस नादेजदिनले उम्मेदवारका रूपमा दर्ताका गर्नका लागि हस्ताक्षरको थ्रेसहोल्ड (सीमा) पार गरेका छन्। यद्यपि उनलाई उम्मेदवारका रूपमा अनुमति दिइन्छ वा दिइन्न भन्ने अझै स्पष्ट भएको छैन। साथै क्रेमलिनले उनलाई गम्भीर प्रतिद्वन्द्वी नमानिएको बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *