गान्तोक: जर्मनीको नुरेमबर्गमा गत २६ जुलाईको दिन आयोजित बायोफेच २०२२ उदघाटन कार्यक्रममा राज्यका कृषि विभाग मन्त्री लोकनाथ नेपालले सहभागिता जनाए। मन्त्री नेपालको नेतृत्वमा गएको टोलीमा विभागका सचिव रिञ्जिङ सी. भोटिया. डा. एस अङबालागन, सीइओ सिक्किम, सिक्किम अर्ग्यानिक फार्मिङ डेभलोपमेन्ट एजेन्सी (सोफ्डा)का वरिष्ठ अधिकारीवर्ग सामेल रहेका छन्। राज्य़बाट गएका प्रतिनिधिहरूले अर्गानियक हिरो कार्यक्रममा भाग लिएका थिए जहाँ जहाँ तान्जानिया र डेनमार्कका वर्तमान ‘एक विश्व पुरस्कार’ विजेताहरूलाई मान्यता दिइएको थियो। उक्त अवसरमा सिक्किम सरकारको वर्तमान नीतिहरू जस्तै ‘क्रेडिट मार्फत विकास’ र ‘उत्पादन प्रोत्साहन योजना’ कृषि र पशुपालन क्षेत्रको लागि प्रशंसा गरिएको थियो। मन्त्री लोकनाथ शर्माले “विश्व दक्षिणमा जैविक कृषि प्रतिबद्धता र मन्त्रीस्तरीय दृष्टिकोणबाट कार्य” सम्बन्धी प्यानल छलफल कार्यक्रममा जर्मनी र तान्जानियाका मन्त्रीहरू र अर्जेन्टिनाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

प्रतिनिधिमण्डलले स्टलहरूको भ्रमण गरी प्रदर्शकहरूको सम्पूर्ण जायजा र सबै आविष्कारहरू र प्रवृत्तिहरूको अनुभव गरे। सिक्किम राज्यका प्रतिनिधिहरूको निम्ति यो अन्तर्राष्ट्रिय उद्योग प्रतिनिधिहरूसँग व्यक्तिगत रूपमा नेटवर्क गर्ने अवसर थियो। प्रतिनिधिमण्डलले अर्गानिक क्षेत्रको वर्तमान प्रवृत्ति र अवसरहरू बुझ्न धेरै उद्योग प्रतिनिधिहरू र साना व्यवसायीहरूसँग विस्तृत छलफल पनि गरेको जानकारी गराएको छ।