नक्सलबारीमा बाइक र जेसीबी ठोक्कियो, दुइजना घाइते

IMG-20230528-WA0320-5-300x172-8

नक्सलबारी: नक्सलबारीमा बाइक र जेसीबी ठोक्किँदा दुइजना युवक घाइते भएका घटना गत राति नक्सलबारीको जाबरा इलाकामा घटेको हो। घाइते युवकहरूको नाम सोमेश खालखो र अबलुश बारा बताइएको छ। गत राति नक्सलबारीको जाबरा इलाकामा जेसीबी र बाइक आपस्तमा ठोक्किँदा बाइकमा सवार दुईजना युवक गम्भीर रूपमा घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर पहिला नक्सलबारी ग्रामीण अस्पताल लगियो। तिनीहरूको अवस्था गम्भीर रहेकोले गर्दा त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदियो। घटनापछि घातक जेसीबीलाई पानीघट्टा आउटपोस्ट पुलिसले जफत गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *