बङ्गाल-बिहार सिमानाबाट भैँसीसहित एकजना पक्राउ

Capture3-19.png

खोरीबारी: बङ्गाल-बिहार सिमानाबाट आठवटा भैँसी उद्धाको साथमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम हारस टिसाम (२५) बताइएको छ। तिनी हरियाणा निवासी हुन्। प्राप्त जानकारी अनुसार गत राति खोरीबारीको बङ्गाल-बिहार सिमानाको चक्करमारी चेकपोस्टमा नाका चेकिङ अवधि खोरीबारी थाना पुलिसले एउटा ट्रकलाई रोकेर छानबीन गर्दा ८ वटा भैँसी उद्धार भएको छ। उक्त भैँसीको वैध कागजपत्रबिनै हरियाणाबाट असमतर्फ लगिरहेको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement