मुख्यमन्त्री तामाङले पद्मश्री पुरस्कारको निम्ति एकलब्य तामाङलाई बधाई दिए

IMG-20240129-WA0265.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले पर्यावरण अनुसन्धान र संरक्षणप्रतिको प्रतिबद्धताका लागि डा. एकलव्य शर्मालाई सन् २०२४ को प्रतिष्ठित पद्मश्री पुरस्कारको निम्ति हार्दिक बधाई दिएका छन्।

सिक्किमका जनताको तर्फबाट मुख्यमन्त्रीले निरन्तर सफलता, थप प्रशंसा र विशिष्टताका साथ मानवताको सेवा गर्नको लागि सुस्वास्थ्यको कामना गरे।

खरसाङ निवासी डा. शर्माले आइसीआईएमओडीमा उपमहानिर्देशकको रूपमा काम गरिसकेका छन् र जीबी पन्त इन्स्टिच्युट अफ हिमालयन इन्भाइरोमेन्ट एन्ड डेभलपमेन्टको नेतृत्व गर्दै आइरहेका छ्।

उनले जीबी पन्त राष्ट्रिय हिमालय वातावरण संस्थानको विज्ञान सल्लाहकार समितिको अध्यक्ष र भारतीय राष्ट्रिय विज्ञान प्रतिष्ठानको फेलोको रूपमा पनि काम गरे जहाँ उनले हिमालय क्षेत्रलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले टेरी स्कूल अफ एडभान्स्ड स्टडीजमा उपकुलपतिको रूपमा पनि सेवा गरे र हाल एटीआरईई, बैंगलोरमा रणनीतिक सल्लाहकार र प्रतिष्ठित वरिष्ठ फेलोको रूपमा कार्यरत छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement