रातमा देखेको सपना कहिले पुरा हुँदैन्ः जेकब खालिङ
गान्तोक: गत ८ जनवरी देखि शुरु भएको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको क्षेत्रस्तरीय संगठानिक सभा आज मल्ली क्षेत्रमा पूर्व अध्यक्ष डीएन शेर्पाको अध्यक्षतामा भव्यताको साथमा सम्पन्न भयो। आजको सभामा संगठनका मुख्य संयोजक एवं प्रवक्ता जेकब खालिङ मुख्य अतिथिको रूपमा उपस्थित थिए भने संगठनका उपाध्यक्ष प्रभारी पवित्र मानव लगायत अन्यहरूको पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आजका मुख्य अतिथि एवं प्रवक्ता जेकब खालिङले आजको जन भेलाले यहाँबाट अब सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको उम्मेदवारको विजय निश्चित रहेको बताउँदै अब विपक्षीहरुले कुनै पनि नौटंकी नगरेको राम्रो हुने जनाए। यहाँका नेताहरु २५ वर्षसम्म केवल पुरस्कारको निम्ति पगरी गुथ्न व्यस्त भएको हुँदा यहाँको जनताले धेरै दुःख भोग्नु परेको अवगत गराए। २५ वर्ष पुरस्कार मात्र थप्न व्यस्त हुँदा उनीहरूले मल्ली निर्वाचन क्षेत्रका बेरोजगारहरुलाई नौकरी दिन, यहाँको सडक व्यवस्था सुदृढ गर्न अनि घर घरमा पानी पुऱ्याउन बिर्सेको उनले बताए। यो क्षेत्रलाई पर्यटनको क्षेत्रकोरूपमा विकास गर्न पर्याप्त मौका हुँदा हुँदै पनि २५ वर्षसम्म यो निर्वाचन क्षेत्रलाई नेतृत्व गर्नेहरूले कुनै ध्यान नदिएको हुँदा यो क्षेत्रको अवस्था डावाँडोल बनेर गरको उनले दावी गरे। यहाँको अवस्था देख्दा आफूलाई पनि मन दुखेर आउने गरेको उनले विचार व्यक्त गरे।
अब यहाँको जनताले २०२४ मा एकजना विधायक दिए २५ वर्षमा नभएको काम ५ वर्षमा गरेर देखाउने पनि उनले वचन दिए। अहिले मल्ली क्षेत्रलाई सिक्किममा नै सबैभन्दा खराब सडक व्यवस्था भएको ठाँउ भनेर चिनिने गरेको र अबको चुनावमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको प्रत्याशीलाई विजय गराए सिक्किममा नै सबै भन्दा सुगम सडक व्यवस्था भएको निर्वाचन क्षेत्रमा परिणत गर्ने पनि उनले आश्वासन दिए।
अब राजनीतिमा झुटको खेती गरेर कुनै फल नलाग्ने अनि राजनीतिमा धर्म हुनुपर्ने यथार्थलाई अब यहाँका केही विपक्षी नेताहरुले सपना देख्नु छोड्नु पर्ने पनि उनले सुझाव दिए। गणेश राईले मुख्यमन्त्री हुन्छ भनेर भन्नु अनि यही सपना देखेर हिड्नु भाँडाकुटी खेलेको सरह रहेको पनि उनले कटाक्ष गरे। रातमा देखेको सपना कहिल्यै पूरा हुँदैन ती केवल सपना मात्र हुन् भन्ने पनि उनले किटान गरे। अब ती सबै हकिकतको राजनीतिमा उत्रेर जनताको पक्षमा काम गर्ने सरकार समक्ष आउने पनि आग्रह गरे। उनलाई सिक्किमे जनताको निम्ति काम गर्न सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको ढोका सँधै खुल्ला रहेको पनि बताए। अब सिक्किमको अवस्था सबै परिवर्तन भएको साथै यहाँको जनताले झुटको राजनीतिलाई सँधै नै बहिस्कार गर्ने गरेको हुँदा अब विपक्षी हरुको कुनै प्रकारको तथ्यहिन अनि झूटो धरातलमा बसाएको राजनीतिलाई विश्वास नगर्ने पनि सुझाउ दिए। विपक्षीहरुले अनुहारलाई हेरेर होइन तर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किमे जनताको निम्ति गरेको कामको साथमा अवश्यै गर्नुपर्ने पनि उनले बताए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले धारावाहिक रूपमा सम्पन्न गरिरहेको सभाहरूमा जनताको उपस्थितले अब २०२४ को विधनसभा चुनावमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सत प्रतिशत जित हुने निश्चयता रहेको हुँदा सबैले यो पल्ट अघि आएर जितमा सहभागी हुनुपर्ने आग्रह गरे।
आजको सभालाई सम्बोधन गर्दै अन्जिता राजलिमले व्यक्तिगत स्वार्थले ओत प्रेत भएर बनिएको संगठनको आयु धेरै छोटो रहेको हुँदा अब क्यापको आयु पनि धेरै दिनको नरहेको उनले बताए। उनले युवाहरुलाई झूटो सपना देखाएर भूल्याउन छोड्ने आग्रह गरिन्।