खरसाङ नगरपालिका अध्यक्ष, उपाध्यक्ष र स्वास्थ्य विभागको एमओडी सभासदद्वारा खरसाङ अस्पतालको निरीक्षण

IMG-20240129-WA0242.jpg

खरसाङ: खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान र जीटीएको स्वास्थ्य विभागको एमओडी सभासद श्याम शेर्पाद्वारा आज खरसाङ महकुमा अस्पतालको निरीक्षण गरेका छन्। उक्त निरीक्षण भ्रमण खरसाङ महकुमा अस्पतालको अवस्था, अस्पतालमा बिमारीहरूको अवस्था साथै विगत केही दिन अघि एकजना नानीको मृत्युको घटना विषयमा छलफल गर्न र कुरा बुझ्न रहेको बताइएको छ। यसको साथै बिमारीहरूलाई बाटोको गेट छेउतिर नै उतारिरहेको र अस्पतालभित्र भने डाक्टर र नर्सहरूको गाड़ीहरू देखिएको विषयमा पनि एसडीएमओसित बातचीत गरिएको जानकारी भाइस चेयरम्यान सुवास प्रधानले दिएका छन्। उनले आजको अस्पताल निरीक्षण साथै एसडीएमओसित बातचीत विषयमा पनि विस्तृत रूपमा जानकारी गराएका छन्। विभिन्न विषयहरूमा अस्पतालको एसडीएमसित तीनैजनालो बातचीत गरेको जानकारी गराउँदै भाइस चेयरम्यान सुवास प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै भने, आज हामी तीनजना ( नगरपालिका अध्यक्ष, उपाध्यक्ष र जीटीएको स्वास्थ्य विभागको एमओडी सभासद) ले बिमारीहरूको स्थिति बुझ्नलाई र गत केही गिन अघि खरसाङ नगरपालिकाको वार्ड नम्बर एकको शिशुको मृत्यु विषयमा बुझ्नलाई र जानकारी लिनलाई खरसाङ महकुमा अस्पतालको निरीक्षण गरेका थियौं।’

उनले अघि भने, यसको साथै उक्त घटना विषयमा इन्क्यारी बोर्डको रिपोर्ट चाढ़ै अघि आउन सकोस् पिढीत पक्षको नगरपालिकामा आएको थिए।’

नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले निरीक्षणको समय बिमारीहरूलाई बाटोको गेटमा नै उतारिरहेको देखिएको तर अस्पतालभित्र डाक्टर र नर्सहरूको गाड़ी भने राखिएको देखिएकोले यस विषयमा पनि एसडीएमओसित कुराकानी गरेको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *