काेचबिहार: मुख्यमन्त्री ममता ब्यानर्जीले काेचबिहारमा २१० वटा राजवंशी भाषाका स्कुलहरूलाई सरकारी मान्यता प्रदान गरिन्। आज मुख्यमन्त्री ममता ब्यानर्जी काेचबिहारमा सरकारी सेवा कार्यक्रममा अंश ग्रहण गरिन्। मुख्यमन्त्रीले मञ्चबाट नै १९८ वटा परियोजनाको उद्घाटन गरिन्। तिनले वीर चीला रायको सालिग, हेरिटेज गेट लगायत केही सडकहरूको उद्घाटन गरिन्। यसबाहेक तिनले २१० वटा राजवंशी भाषाका स्कुलहरूलाई सरकारी मान्यता प्रदान गरिन्। यस अवसरमा मुख्यमन्त्रीले भनिन्, अबदेखि राजवंशी भाषाको स्कुलका शिक्षकहरूले वेतन पाउनेछन् साथै विद्यार्थीहरूलाई पनि सबै सुविधा प्रदान गरिनेछ। मुख्यमन्त्रीको यस घोषणापछि काेचबिहारमा खुशीको माहौल छाएको छ।