एसीएएसले राज्यमा दुई ठाउँ स्वतन्त्रता दिवस मनाउने

गान्तोक: आज मनन केन्द्रको सम्मेलन हलमा एड्भाइजर्स एण्ड चेयरमेन एसोसिएशन अफ् सिक्किम (एसीएएस) को दोस्रो बैठक सम्पन्न भयो। बैठकमा मुख्यमन्त्री पी. एस. तामाङको निर्देश अनुसार आजादीको अमृत महोत्सव, हर घर तिरंगाको ब्यानरमा भव्य रूपमा ७५औं स्वतन्त्रता दिवस पालन विषय चर्चा गरिएको जानकारी एसीएएसकी महासचिव पूजा प्रेस शर्माले विज्ञप्तिमा दिएकी छन्।

विज्ञप्ति अनुसार, एसीएएसले राज्यका दुई ठाउँ, पश्चिम सिक्किमको राब्देन्सी र गान्तोकमा स्वतन्त्रता दिवस मनाउने निर्णय लिएको छ। बैठकमा दक्षिण र पश्चिम सिक्किमका लागि राब्देन्सीमा कार्यक्रम आयोजना गरिने छ। यस अवसरमा विरूवा रोपण, अनाथालयलाई समर्थन गरिने छ। १२ अगस्तको दिन एसीएएसले गान्तोकमा कार्यक्रम आयोजन गर्नेछ। गान्तोकमा राष्ट्रिय ध्वज फहराइनुका साथै हेलीकप्टरद्वारा फूलको वर्षा गर्ने कार्यक्रम तय गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement