चोटग्रस्त जडेजा र केएल राहुल दोस्रो टेस्टबाट बाहिर

IMG-20240129-WA0187.jpg

नयाँ दिल्ली, २९ जनवरीः भारतीय क्रिकेट कण्ट्रोल बोर्डले ईंग्ल्याण्ड विरुद्ध दोस्रो क्रिकेट टेस्ट म्याचको निम्ति टीममा केही फेरबदल गरेको छ। चोटग्रस्त रविन्द्र जडेजाको साथमा केएल राहुललाई दोस्रो टेस्टको टीमबाट बाहिर गरिएको छ जबकि सरफराज खान, सौरभ कुमार र वाशिंगटन सुन्दरलाई टीममा सामेल गरिएको छ। भारत र ईंग्ल्याण्डबीच दोस्रो टेस्ट म्याच २ फरवरीदेखि विशाखापट्टनममा खेलिनेछ। बीसीसीआईद्वारा जारी मीडिया विज्ञप्तिमा भनिएको छ, जडेजा र राहुललाई ईंग्ल्याण्ड विरुद्ध वाइजागमा खेलिने दोस्रो टेस्ट म्याचबाट बाहिर गरिएको छ। हैदराबादमा खेलिएको पहिलो टेस्ट म्याचको अवधि जडेजाको ह्याम्स्ट्रिंगमा चोट लागेको थियो। यसरी राहुलले दाहिने क्वाड्रिसेप्सको पीढ़ाको नालिश गरेका थिए। यसैकारण यी दुई खेलाड़ीलाई टीमबाट बाहिर गरिएको छ। बीसीसीआईको मेडिकल टीमले यी खेलाड़ीहरूका प्रगतिमाथि नजर राख्नेछ।
बीसीसीआईको विज्ञप्तिमा अझ भनिएको छ, पुरुष चयन समितिले सरफराज खान, सौरभ कुमार र वाशिंगटन सुन्दरलाई भारतीय टीममा सामेल गरेको छ। सारांश जैनलाई १ फरवरीदेखि अहमदाबादमा ईंग्ल्याण्ड लायन्स विरुद्ध खेलिने तेस्रो तथा अन्तिम अनाधिकृत टेस्ट म्याचको निम्ति भारत ए टीममा वाशिंगटन सुन्दरको प्रतिस्थापनको रूपमा नामित गरिएको छ। आवेश खानले रणजी ट्रफीको निम्ति आफ्नो टीम मध्य प्रदेशसँग यात्रा जारी राख्नेछन् अनि आवश्यकता परे टेस्ट टीममा सामेल हुनेछन्। उल्लेखनीय छ, घरेलु क्रिकेटमा रनको वर्षा गर्ने सरफराजले हालै ईंग्ल्याण्ड लायन्स विरुद्ध १६१ रनको विध्वंशी ईनिंग्स खेलेका थिए। २६ वर्षीय सरफराजको प्रथम श्रेणीको क्रिकेटमा रेकर्ड अविश्वसनीय रहेको छ। उनले ४५ वटा म्याचको ६६ वटा ईनिंग्समा ६९.८५-को औसतले ३९१२ रन बनाएका छन्। यसमा १४ वटा शतक र ११ वटा अर्द्धशतक सामेल छ। यसरी सुन्दरले यसअघि भारतको निम्ति ६ वटा टेस्ट म्याच खेलिसकेका छन्। यसरी देब्रे हातका स्पिनर सौरभ कुमारले अहिलेसम्म राष्ट्रिय टीमबाट पदार्पण गरेका छैनन्।
दोस्रो टेस्टको निम्ति भारतीय टीमः रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जयसवाल, श्रेयस अय्यर, केएस भरत (विकेटकीपर), ध्रुव जुरेल (विकेटकीपर), रविचन्द्रन अश्विन, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज, मुकेश कुमार, जसप्रीत बुमराह (उपकप्तान), आवेश खान, रजत पाटीदार, सरफराज खान, वाशिंगटन सुन्दर र सौरभ कुमार।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *