एघाह्रौं शहीद गोल्ड कपको फाइनलमा पुग्यो गत विजेता युनाइटेड ब्रदर्स

photocollage_2024129173941850.jpg

खरसाङ, २९ जनवरीः युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको आयोजनमा जारी शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको एघाह्रौं संस्करणमा कालेबुङको युनाइटेड ब्रदर्सले फाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा सोमवार भएको टुर्नामेण्टको दोस्रो सेमिफाइनल म्याचमा गत सालको विजेता युनाइटेड ब्रदर्सले सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लबलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सोनम छोंग शेर्पाले २ गोल गरे। यसबाहेक सौरभ तामाङ र देवाशिष राईले १-१ गोल गरे। युनाइटेड ब्रदर्सका डिफेण्डर सोनम छोंग शेर्पालाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार (३१ जनवरी) खेलिने युनाइटेड ब्रदर्स र कञ्चनजंघा फूटबल क्लबबीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *