जलपाइगढी। प्रत्येक घरमा धारा लागे पनि खानेपानी नपाउँदा मैनागुडी ब्लकको माधबडाङ्गा १ नम्बर ग्राम पञ्चायतको लक्ष्मीनारायणपाडा क्षेत्रका करिब दुई सय परिवार पिउने पानीको समस्यामा परेका छन्। सोही कारण सोमबार सो क्षेत्रका जनताले जलपेश जंक्शनदेखि राष्ट्रिय राजमार्गसम्मको जिल्ला परिषद सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए भने सोमबार पानीका खाली बाल्टिन बोकेर विरोध प्रदर्शनमा क्षेत्रका महिला–पुरुष सहभागी भएका थिए। गाउँलेहरुले सो समस्या छिट्टै समाधान नभए आगामी दिनमा राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेताउनी दिएका छन्। यता ग्राम पञ्चायत प्रमुख टोपी रायले यस विषयलाई गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्ने आश्वासन दिएका छन्।