अमेरिकी सैन्य छाउनी ‘टावर २२’मा ड्रोन आक्रमण

IMG-20240129-WA0168.jpg

तेल अवीव/तेहरान: जोर्डनमा सिरियाको सीमानजिकै रहेको अमेरिकी सैन्य अखडा टावर-२२ मा भएको ड्रोन आक्रमणपछि खाडी देशको अवस्था निकै तनावपूर्ण बनेको छ। इराकको इस्लामिक रेजिस्टेनस् ग्रुपले आक्रमणको जिम्मेवारी लिएको छ, जसमा तीन अमेरिकी सैनिक मारिएका छन् भने धेरै घाइते भएका छन्। इजरायल र हमासबीच युद्ध शुरु भएयता अमेरिकी सैनिकको आक्रमणमा मृत्यु भएको यो पहिलो पटक हो। इराकको यो इस्लामवादी ग्रुपले इरानलाई समर्थन गरेको मानिन्छ। यही कारणले गर्दा अहिले अमेरिकाले इरानविरुद्ध बदला लिने आशंका बढेको छ। यसैबीच इरानले अमेरिकी सैन्य शिविरमा आक्रमण गर्ने समूहलाई समर्थन गर्न अस्वीकार गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस हमलाको लागि इरान समर्थित समूहलाई जिम्मेवार ठहर गरेका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले यस्ता कथनहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र स्थिरतालाई खतरामा पार्ने बताएका छन्। यसैबीच अमेरिकी सेनाले ड्रोन आक्रमणमा तीन जना सैनिकको मृत्यु भएको र ३४ जना घाइते भएको बताएको छ। यो अमेरिकी सेनाको बेस इराक र सिरियासँगको जोर्डनको सीमा नजिक छ। यसैबीच, ब्लूमबर्गको रिपोर्टका अनुसार अमेरिकाले कुनै पनि घोषणा बिना गोप्य रूपमा आक्रमण गर्नसक्छ, ताकि इरानलाई कडा सन्देश दिन सकोस्। यति मात्र होइन, बाइडेन प्रशासनले इरानी अधिकारीहरूलाई प्रत्यक्ष निशाना बनाउन सक्छ।
सन् २०२० मा राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाले इरानका शीर्ष जनरल कासिम सुलेमानीलाई इराकभित्र मारेको जस्तै यो पनि हुनसक्छ। गाजा युद्ध शुरु भएयता अमेरिकाले सबैभन्दा ठूलो कारबाही गर्नसक्ने अमेरिकी स्रोतले बताएको छ। उनले भने, ‘बाइडेनको यो कार्य उनको सम्पूर्ण कार्यकालको सबैभन्दा निर्णायक हुनसक्छ, ताकि इरान वा यसका सहयोगी समूहहरूले फेरि आक्रमण गर्ने साहस नहोस्l’ विश्लेषकहरूका अनुसार, यदि यसो भयो भने अमेरिका र इरानबीच प्रत्यक्ष द्वन्द्व हुनसक्छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त हमलामा इरान समर्थित आतङ्ककारीको हात रहेको आरोप लगाएका थिए। बाइडेनले सिरियाली सीमा नजिकै उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनामाथि गरिएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको र धेरै घाइते भएको रेडियो फ्री युरोप/रेडियो लिबर्टीले जनाएको छ। ‘हामी अझै पनि यस आक्रमणको तथ्यांक संकलन गरिरहेका छौं, हामी जान्दछौं, यो सिरिया र इराकमा सक्रिय कट्टरपन्थी इरान समर्थित आतंकवादी समूहहरूले गराएको थियो’, उनले एक विज्ञप्तिमा भने। बाइडेनले २८ जनवरीमा भने, ‘हामी आतंकवादसँग लड्ने हाम्रो प्रतिबद्धतालाई अगाडि बढाउनेछौं, र जिम्मेवारहरूलाई जवाफदेही बनाउनेमा कुनै शंका छैनl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *