गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा सुवास घिसिङको पुण्यतिथि पालन

IMG-20240129-WA0163.jpg

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीद्वारा संस्थापक अध्यक्ष सुवास घिसिङको १०औं पुण्यतिथि पालन गरेका छन्। पार्टी कार्यालय खरसाङमा आज ब्राञ्च कमिटी, भ्रातृ संगठन लगायत गोरामुमो कार्यकर्ताहरुको उपस्थितिमा सुवास घिसिङको तस्वीरमा दिप प्रज्वलन र खदा माला लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। केन्द्रीय समिति सदस्य जेबी गुरुङले आफ्नो वक्तब्य राख्दै भने, संस्थापक अध्यक्ष सुवास घिसिङको पुण्यतिथिमा उनले गोर्खा जातिको निम्ति देखेको सपनालाई हामीले पूरा गर्नुपर्छ तब मात्र वहाँप्रति साँचो श्रद्धाञ्जली हुनेछ। यसैकारण अब गोरामुमो अध्यक्ष मन घिसिङको हात बलियो बनाउनुपर्छ। सुवास घिसिङ भनेको आधुनिक युगको कोलम्बस हुन्। उनलाई आज हामी श्रद्धाञ्जली अर्पण गर्न भेला भएका छौँ। सुवास घिसिङले गोर्खा जातिको निम्ति जुन योगदान दिएको छ भारतीय गोर्खाहरुको इतिहासमा सुनौलो अक्षरमा लेखिनेछ भनी भुपेन गुरुङले भने। उनले भने, उनले देख्नु भएको गोर्खा जातिको सपना पूरा होस् भनेर हामीले प्रार्थना चढाएका छौं। वहांको पुण्य तिथिमा वहाँलाई स्मरण गर्दै जाति र माटोको उन्मुक्तिको लडाईको निम्ति जन्मिएको दल गोर्खा राष्ट्रिय मुक्ति मोर्चा हो।

अध्यक्ष मन घिसिङको नेतृत्वमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा जातिको उन्मुक्तिको निम्ति होमिएका छन् साथै वहाँको पुण्यतिथिमा स्मरण गर्दै जातिलाई उन्मुक्ति दिलाउनको निम्ति प्रेरणाको स्रोत मिल्नेछ। गोर्खा जातिको निम्ति भारत सरकारको हेर्ने दृष्टिकोण न्याय दिने अनि नरम देखिएका छन् हामी आस्वस्त छौं अब गोर्खा जातिले न्याय पाउँछ भनेर। यसको निम्ति अध्यक्ष मन दिन रात लागि परेका छन्। वहाँको हातलाई बलियो बनाउनको निम्ति काँधमा काँध मिलाएर अगि बड्ने अग्रसर छौं भनी भुपेन गुरुङले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *