परिवर्तन

PB

भर्खर भर्खर गयो

एउटा जानवर यहीँ भएर।

केही वर्षअघि सोधेथे

कि कहिलेसम्म गर्छौ सङ्घर्ष

र ल्याउँछौ परिवर्तन?

भनेथ्यो कि केही समय लाग्नेछ

साथ दियौ भने तिमीले।

त्यसपछि

मैले त के

यहाँका हरेक थोकहरूले साथ दिए

ढुङ्गा माटो हावा पानी

जम्मै जम्मैले साथ दिए।

अहिले जब

मैलै जान्न चाहेँ कि

यतिका वर्षपछि

ऊ किन जनावर भयो?

परिवर्तन खोज्न हिँडेको ऊ

किन स्वयम् परिवर्तित भयो?

ऊ चुपचाप छ।

त्यसैले अहिले ओइलाएको छ

आशाका मुनाहरू ममा

विश्वासको पानीले पनि अब त

बँचाउन नसक्ने भएको छ।

त्यसैले चुपचाप पर्खिरहेछु म पनि कहिले होला भनेर

परिवर्तन यो समयको।

(लेखिका भारतीय नेपाली साहित्यको संसारमा सुपरिचित महिला कवि एवं गजलकार हुनुहुन्छ)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *