सिलगढीः गत राति देवीडाङ्गा इलाकामा प्रधान नगर थाना पुलिसले अभियान चलाएर एकजनालाई पक्राउ गरेको छ। तिनीबाट चोरी गरेको एउटा स्कुटी, दुईवटा बाइक र १४ वटा मोबाइल पनि उद्धार भएको छ। पक्राउ परेका युवक मनोज मुद्धा उर्फ राजाको रुपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार प्रधानगर थाना अन्तर्गत इलाकामा गत एक दुई हप्तामा बाइक-स्कुटी चोरी भएको घटना लगातार बढिरहेको छ। यसबारे थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले लगातार अभियान चलाइरहेको थियो। यसपछि गत राति देवीडाङ्गा इलाकामा मनोज मृदा उर्फ राजाको घरमा चोरी गरेको बाइक, स्कुटी र मोबाइल रहेको गोप्य सूचना पाएपछि पुलिसले अभियान चलाएर एउटा स्कुटी, दुईवटा बाइक र १४ वटा मोबाइल उद्धार गरेको छ। घटनाको जाँच शुरु गरेको पुलिस सूत्रले जनाएको छ।