तृणमूल विधायक खगेश्वर रायको काफिलामा आक्रमण

Screenshot_20240129_150819_WhatsApp.jpg

कार क्षतिग्रस्त, विधायक सामान्य घाइते

जलपाइगढी। पार्टीको काममा जाँदै गरेका राजगञ्जका विधायक खगेश्वर रायको कारमा बदमाशहरूले आक्रमण गरेको सनसनीपूर्ण घटना प्रकासमा आएको छ। घटना आइताबार राति भएको हो भने घटनाले सम्पूर्ण क्षेत्रमा सनसनी फैलाएको छ। घटना सम्बन्धमा विधायक खगेश्वर रायले भाजपा समर्थित बदमाशहरूलाई दोष लगाएका छन्। आफू संगठनमा काम गरिरहेको र भाजपाले आगामी लोकसभा चुनाउ अघि भय देखाउन पार्टीका बदमाशहरूसँग मिलेर यी सबै काम गरिरहेको आरोप विधायक खगेश्वर रायले लगाएको छ। यद्यपी उनले यस्तो घटनाबाट आफु न आत्तिने वा पछि नहट्ने प्रष्ट पारेका छन्। अर्कोतिर भाजपाले यो घटना वास्तवमा तृणमूल समर्थकहरूबीचको गुटबन्दीको परिणाम भएको बताएको छ।बीजेपी ब्लक अध्यक्ष निताई मण्डलले यो लोकसभा चुनाउको लागि टिकट पाउन नयाँ र पुराना तृणमूल कार्यकर्ताहरू बीचको गुटबन्दीको परिणाम हो। साथै, घटनामा बीजेपी समर्थकहरू संलग्न भएको विधायक खगेश्वर रायको आरोपलाई अस्वीकार गरेका छन्। उल्लेखनीय छ, मुख्यमन्त्री भोलि फुलबारी आउने र ममता ब्यानर्जीले त्यहाँ र्‍याली गर्ने कार्यक्रम पनि छ। उक्त सार्वजनिक सभामा भीड जम्मा गर्न, विधायकहरू पार्टी कार्यकर्ताहरूसँग ब्लकका विभिन्न भागहरूमा भेला भएका थिए।

यसै सम्बन्धमा आइताबार राति सन्यासिकाटाबाट मझियाली जाँदै गरेको कुन्ड बगान क्षेत्रमा आक्रमण भएको बताइएको छ। ढुंगा प्रहारबाट विधायकको गाडीको सिसा फुटेको र विधायक खगेश्वर राय भने सामान्य घाइते भएको बताइएको छ। उनले घटनाबारे जिल्ला पुलिस कार्यालयका प्रमुख र पुलिस अधीक्षकलाई जानकारी गराएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *