परिवर्तन कपको फाइनलमा पुग्यो तितुस सेवेन

photocollage_20241299374278.jpg

बालासन, २९ जनवरीः धोतरिया बालासन चियाबारीमा परिवर्तन ए क्लबको तत्त्वावधानमा आयोजित परिवर्तन कप फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो सेमिफाइनल म्याच खेलियो। परिवर्तन खेल मैदानमा भएको रोमाञ्चक म्याचमा तितुस सेवेनले तकभर फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल डिफेण्डर निवास राणाले दोस्रो हाफको खेलमा दर्ता गरे। निवास राणालाई प्लेयर अव् द म्याच चयन गरियो, जसलाई कञ्चनजंघा फूटबल क्लबका कार्यकारी अध्यक्ष सुरेन प्रधानको बाहुलीबाट पुरस्कार प्रदान गरियो। अब ११ फरवरीमा खेलिने फाइनलमा नेपाल फूटबल क्लब र तितुस सेवेनबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक परिवर्तन ए क्लबका सचिव केशव राईले जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *