सिरुबारीको टीम क्वार्टर फाइनलमा

IMG-20240129-WA0036.jpg

खरसाङ, २९ जनवरीः खरसाङमा वेष्ट बेंगल नेवार डेवलपमेण्ट कल्चरल बोर्ड र नेवार बुद्धिष्ट कल्याण संगठनको संयुक्त आयोजनमा नेवारी संस्कृति र उत्पादहरूलाई प्रोमोट गर्ने लक्ष्यको साथ आयोजित पहिलो भिमसेन च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा आइतवार एउटा म्याच खेलियो। नयाँ बजार स्थित डब्ल्यूबीएनभीएफ मैदानमा भएको म्याचमा सिरुबारीले गोल्ड डीगर्सलाई ४-२-ले पराजित गऱ्यो। यस सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टको दुईवटा सेमिफाइनल १० र ११ फरवरीमा हुनेछ। यसरी फाइनल २५ फरवरीमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *