न्यू जलपाईगुड़ी-कोयम्बटुर वान-वे स्पेशल ट्रेन २९ जनवरीदेखि सञ्चालनमा

34317527_1706460427_Photo.jpg

गुवाहाटी: पूर्वोत्तर सीमा रेल (पूसीरे)-ले यात्रीहरूको अतिरिक्त भीड़लाई कम गर्नको लागि थप एउटा वान-वे स्पेशल ट्रेनलाई सञ्चालनमा ल्याउने निर्णय लिएको छ। यो स्पेशल ट्रेन आगामी २९ जनवरीदेखि एक ट्रिपको लागि न्यू जलपाईगुड़ी र कोयम्बटुर रेलवे स्टेशनबीच सञ्चालन हुनेछ।

पूसीरेका मुख्य जनसम्पर्क अधिकारी सब्यसाची डेले आइतवार जानकारी गराए अनुसार ट्रेन संख्या ०५७९५ (न्यू जलपाईगुड़ी- कोयम्बटुर) वान-वे स्पेशल ट्रेन आगामी २९ जनवरीमा न्यू जलपाईगुड़ीदेखि २१:१५ बजे प्रस्थान गरेर आगामी ३१ जनवरीको दिन कोयम्बटुरमा २०:३० बजे पुग्नेछ। यो स्पेशल ट्रेन भाया किसनगञ्ज, कुमेदपुर, मालदा टाउन, न्यू फरक्का, रामपुरहाट, डानकुनी, खड़गपुर जङ्कशन, कटक, विशाखापत्तनम, विजयवाड़ा जङ्क्शन आदि भएर गुज्रिनेछ।

यस रूटमा सञ्चालन हुने अन्य ट्रेनहरूको प्रतीक्षा सूचीमा रहेका यात्रीहरूले निसङ्कोच यस ट्रेन मार्फत यात्रा गर्न सक्नेछन्। यस विशषे ट्रेनको विवरण पूसीरेको सोशल मीडिया प्लेटफर्ममा अधिसूचित गरिँदैछ। यात्रीहरूसित अनुरोध छ कि उनीहरूले आफ्नो यात्रा शुरू गर्नपूर्व विवरण जाँच गरून्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *