९ फरवरीमा रम्फूमा हुने वान फ्यामेली वान जब सम्मेलन

IMG-20240128-WA0275.jpg

गान्तोक: आगामी ९ फरवरीको दिन पूर्व सिक्किमको रम्फू खेल मैदानमा वान फ्यामेली वान जब सम्मेलन आयोजना गरिने भएको छ। सम्मेलनमा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथि रहने बताइएको छ। वान फ्यामेली वान जब गभरमेन्ट इम्प्लोइस वेलफेयर एसोसिएशन-ले आज राजधानीमा पत्रकार सम्मेलन डाकेर यो जानकारी गराएको हो।

आगामी सम्मेलनमा नै राज्य सरकारले वान फ्यामेली वान जबका कर्मचारीहरूलाई स्थायी गर्ने अधिसूचना जारी गर्ने एसोसिएशनले आशा व्यक्त गरेको छ। उल्लेखनीय छ, मुख्यमन्त्री प्रेम सिंह तामाङले आगामी लोकसभा एवं विधानसभा चुनाउ अघि नै वान फ्यामेली वान जबका सबै कर्मचारीहरूलाई स्थायी गर्ने घोषणा गरिसकेका छन्। मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले आगामी ९ फरवरीको दिन वान फ्यामेली वान जब सम्मेलन आयोजना गरिएको आफूहरूलाई जानकारी गराइएको एसोसिएशनका महासचिव सुरज राईले बताए। यसको साथै त्यसै दिन मुख्यमन्त्रीले वान फ्यामेली वान जबका कर्मचारीहरूलाई स्थायीकरणको अधिसूचना जारी गर्ने आशा बड़ेर गएको उनले बताए। अधिसूचनाको साथै सरकारले चाँड़ै स्थायीकरणको आदेश पनि बाँड़ने थप आशा व्यक्त गरेका छन्।

एसोसिएशनका अध्यक्ष कर्मा सोनाम भोटियाले आगामी सम्मेलनमा राज्यका सबै वान फ्यामेली वान जब कर्मचारीहरूलाई अनिवार्यरुपमा उपस्थित भइदिने अपील गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement