दोस्रो टेस्टमा वेष्ट इण्डिजको यादगार जीत

IMG-20240128-WA0274.jpg

ब्रिसबेन, २८ जनवरीः वेष्ट इण्डिजले पेस बलरहरूका निम्ति स्वर्ग मानिने ब्रिसबेन क्रिकेट ग्राउण्डमा अष्ट्रेलियाको धलिमलिलाई समाप्त गऱ्यो। पेसर शमर जोसेफको उत्कृष्ट बलिंगको दममा वेष्ट इण्डिजले दोस्रो टेस्ट म्याचमा अष्ट्रेलियालाई ८ रनले पराजित गयो। यसरी वेष्ट इण्डिजले अष्ट्रेलियाई माटोमा ३० सालपछि पहिलोपल्ट टेस्ट म्याच जीतको स्वाद चाख्यो। यस जीतको साथै वेष्ट इण्डिजले दुईवटा टेस्ट म्याचको सीरीज पनि १-१-ले ड्र गऱ्यो। जीतको निम्ति २१६ रनको लक्ष्यलाई खेदो गर्दै अष्ट्रेलियाले आज आफ्नो दोस्रो ईनिंग्समा २०७ रन मात्र बनाउन सक्यो। ओपनर स्टीव स्मिथले अविजित ९० रन बनाएर अन्तसम्म लड़ाइँ गरे पनि आफ्नो टोलीलाई बचाउन सकेनन् । उनले १४६ बल खेलेर 9 वटा चौका र एउटा छक्का लगाए। यसबाहेक क्यामरन ग्रीनले ४२ रनको योगदान दिए। वेष्ट इण्डिजका बलरहरूमा प्लेयर अव् द म्याच रहने शमर जोसेफले सर्वाधिक ७ विकेट लिए।

यसबाहेक अल्जारी जोसेफले २ विकेट हासिल गरे। उल्लेखनीय छ, वेष्ट इण्डिजले आफ्नो पहिलो ईनिंग्समा ३११ रन बनाएको थियो। जवाफमा अष्ट्रेलियाले ९ विकेटमा २८९ रन बनाएर पहिलो ईनिंग्स घोषित गरेको थियो। त्यसपछि वेष्ट इण्डिजले आफ्नो दोस्रो ईनिंग्समा १९३ रन बनाउँदा अष्ट्रेलियालाई २१६ रनको लक्ष्य हासिल भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *