खरसाङको सन्त अल्फन्सेस विद्यालयमा जीटीएको चिफ् एक्जीक्युटिभ अनित थापालाई सम्मान

प्रतियोगितामा हार जीत हुन्छ, तर हारमा नै जीत लुकेको हुन्छ: अनित थापा

खरसाङ: आज खरसाङको सन्त अल्फन्सेस विद्यालयमा जीटीएको चिफ् एक्जीक्युटिभ अनित थापालाई सम्मान जनाइएको छ। सन्त अल्फन्सेस विद्यालय खरसाङमा सम्पन्न क्विज प्रतियोगितामा प्रमुख अतिथिको रुपमा उपस्थित भएका जीटीए चिफ् एक्जीक्युटिभ अनित थापालाई विद्यालयको पक्षबाट सम्मान जनाइएको छ। यस अवसरमा आफु पढेको सन्त अल्फन्स विद्यालयमा अन्तर श्रेणी क्विज प्रतियोगितामा प्रमुख अतिथिको रूपमा बोलाएर सम्मान जनाइएकोमा विद्यालय पक्षलाई धन्यवाद दिएका छन्। उनले विद्यार्थीहरूको जोश अनि ज्ञान देखेर म मख्ख परे। एउटा आशा जागेको छ, भविष्यमा पहाडलाई राजनैतिक मात्र होइन व्यवस्थापक भएर नेतृत्व दिने थुप्रै स्थानीय नानीहरूको पहाडका सन्त अल्फन्स जस्ता विद्यालयहरुमा जन्म भईरहेका छन् भनी बताएका छन्। जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले आफ्नो सम्बोधनमा मलाई आफु सन्त अल्फन्सको विद्यार्थी हुँ भन्नु गर्व लाग्छ भन्दै पढ्नु त सबै स्कूलले सिकाउँछ तर यो स्कूलले मलाई संघर्ष गर्नु सिकायो र संघर्ष गर्यो भने लक्ष्यमा पुग्नु सकिन्छ भन्ने सोच दिलायो अनि अझ पनि मेरो जीवन सङ्घर्षमय नै छ भनी बताएका छन्। उनले विद्यार्थीहरूलाई सम्बोधन गर्दै भने- “तपाईहरु भाग्यमानी हुनुहुन्छ कि तपाईहरु सन्त अल्फन्स विद्यालयको विद्यार्थी हुनुहुन्छ। घमण्डसंग भन्नुहोस म यस स्कूलको विद्यार्थी हुँ। मलाई यहाँ आउँदा शान्ति महसुस हुन्छ।”

सफलताको मन्त्र विद्यार्थीलाई बताउँदै उनले “प्रतियोगितामा हार जीत हुन्छ। तर हारमा कहिले पनि निराश हुनु हुँदैन। म पनि चारपल्ट हारेको हुँ। हारले नै शिक्षा दिन्छ। हार्दा मैले अझै कोसिस गर्नुपर्छ भनी प्रेरणा लिनुपर्छ। हारमा नै जीत लुकेको हुन्छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement