सिक्किम मिनि ओलम्पिकको समापन

IMG-20240128-WA0267.jpg

गान्तोक: सिक्किम लबिज्म स्पोर्टस क्लब र सिक्किम ओलम्पिक एसोसिएशनको संयुक्त पहमा आयोजित सिक्किम मिनि ओलम्पिक २०२४ को हिजो समापन भयो। नाम्चीको भाइचुङ स्टेडियममा आयोजित कार्यक्रममा सिक्किम ओलम्पिक एसोसिएशनका संयोजक जनक गुरूङ र अध्यक्ष कुबेर भण्डारी मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस प्रतियोगिताको फाइनल खेल आर्चेरी, फुटबल र सुटिङ रहेको थियो। राज्यमा पहिलो पल्ट मिनि ओलम्पिकमा १६ वर्ष भन्दा कम उमेरहरूलाई लिएर सुटिङ आयोजना गरिएको हो। सुटिङलाई राज्यमा बढावा दिने उददेश्यले आयोजना गरिएको हो। यस अवसरमा सिक्किम सुटिङ एसोसिएशनको पनि गठन गरियो, जसमा जनक गुरूङलाई अध्यक्षको पदमा मनोनित गरिएको छ भने पुजन राई उपाध्यक्ष, लाकु छिरिङ लेप्चा महासचिव, थिन्ले योजार भोटिया संयुक्त सचिवको पदमा मनोनित भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement